जोखिम मोलेरै थातथलो फर्किनेको लर्को
काठमाडौं : रोजगारी, शिक्षा, स्वास्थ्य र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने नेपालीलाई दसैंले फेरि थातथलोले सम्झाएको छ। दसैं मनाउन काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरबाट गाउँ फर्किनेहरूको लर्को लागेको छ।बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएको र ठाउँठाउँमा सडक अवरुद्ध भए पनि यात्रुहरू जोखिम मोलेरै घर फर्किरहेका छन्। संघीय राजधानी काठमाडौं उपत्यकाबाट मात्रै १० देखि १२ लाखसम्म मानिस बाहिरिने अनुमान छ।
