SHARE
अन्नपूर्ण · शनिबार १ कात्िक २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

चिकित्सा शिक्षामा यो वर्ष ४१८ वटा नयाँ सिट थप हुने

काठमाडौं : चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि ४१८ सिट वृद्धि गरेको छ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको बैठकले  चिकित्सा शिक्षामा ४१८ वटा नयाँ सिट थप गर्ने निर्णय भएको हो।यसवर्ष निजी कलेजहरूको सिट संख्या यथावत् राखि सबै थप सिट सरकारी शिक्षण संस्थालाई दिएको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।