SHARE
लोक पथ · शुक्रबार​ २ साउन २०८२ ११:२८ AM · 1 मिनेट पढाइ

वामदेवको दाबी : ‘मैले नेतृत्व गरेको आन्दोलन कहिल्यै असफल भएको छैन’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले आफूले नेतृत्व गरेको कुनै पनि आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बिचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।