म्युचुअल फण्डमा नयाँ लगानीका ढोका खोल्दै धितोपत्र बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोडले म्युचुअल फण्डमा नयाँ लगानीका ढोका खोल्ने तयारी अघि बढाएको छ । सर्वसाधारणको बचतलाई पुँजी बजारमार्फत उत्पादनशील क्षेत्रमा परिचालन गर्ने र सामूहिक लगानी कोषलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित धितोपत्र बोर्डले सामूहिक लगानी कोष नीति, २०८३ को मस्यौदा अघि सारेको हो ।
