SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

अमेरिकाको विद्यालयमा गोलीकाण्ड, तीन बालबालिकासहित चार जनाको मृत्यु

काठमाडौं : अमेरिकाको ओरेगन राज्यस्थित बेन्डमा रहेको सिल्भर रेल प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ ।बिबिसिमा उल्लेख भए अनुसार घटनामा १६ वर्षीय किशोर बन्दुकधारीको पनि मृत्यु भएको छ । प्रहरी घटनास्थलमा पुग्दा बन्दुकधारी विद्यालयभित्रै मृत अवस्थामा फेला परेका थिए । उनको मृत्यु कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।घटनामा घाइते भएका कम्तीमा दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।