SHARE
लोक पथ · बिहीबार २९ असो २०८३ ०२:०५ PM · 1 मिनेट पढाइ

सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रविण तिवारी र सर्लाहीको मलङ्गवा नगरपालिका–४ का रामपुकार तिवारीलाई पक्राउ गरिएको हो ।