SHARE
लोक पथ · बिहीबार २९ असो २०८३ १२:३० PM · 1 मिनेट पढाइ

जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिक

काठमाडौं । पत्रकार एवं लेखक जनकराज सापकोटाद्वारा लिखित पुस्तक ‘मगनी मरिक’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विमोचित उक्त पुस्तकले मधेशको सीमान्तकृत डोम समुदायको जीवनशैली, जात व्यवस्थाको जरो र त्यहाँ व्याप्त गहिरो सामाजिक विभेदलाई जीवन्त रूपमा चित्रण गरेको छ ।