SHARE
लोक पथ · बिहीबार २९ असो २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

एकैपटक सशस्त्र प्रहरीका १ हजार २ सय ९६ जना जवानहरु दिक्षित

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा अन्य नौ वटा शिक्षालयमा संचालित सि.सं. २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिममा तालिमरत १ हजार २ सय ९६ जना प्रशिक्षार्थी जवानहरु दीक्षित भएका छन् ।