SHARE
लोक पथ · शुक्रबार​ २ साउन २०८२ १२:४५ PM · 1 मिनेट पढाइ

एमाले पोलिटब्यूरो बैठक भोलिसम्मका लागि स्थगित, आज के के भयो ?

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक स्थगित भएको छ । शुक्रबारबाट पार्टी मुख्यालय च्यासलमा बैठक बसेको थियो । बैठकमा ६ जना पोलिटब्यूरोका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका बारेमा छलफल चलिरहेको छ । यसअघि बिहीबार च्यासलमै बसेको बैठकले विधानको मस्यौदाबारे सहमति गरेको थियो ।