SHARE
पर्दाफास · शुक्रबार​ २४ असो २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछि पहिलो पटक बोले लेखक, भन्छन्- आन्दोलनमा गोली चलाउन आदेश दिएको छैन्

कांग्रेस नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले उत्तेजित, आग्रह, पूवाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजी आन्दोलनमा बल प्रयोगका लागि आफूले कुनै आदेश नदिएको दावी समेत गरे ।