राष्ट्रपति पौडेलले बोलाएको बैठकमा को–को छन् सहभागी ?
राष्ट्रपति रामचन्द्र पौडेलले अहिले सरकार र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग निर्वाचनबारे छलफल गरिरहेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भइरहेको छलफलमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्री सहभागी रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
