SHARE
पर्दाफास · शुक्रबार​ २४ असो २०८२ १२:३४ PM · 1 मिनेट पढाइ

सेनाले भन्यो- जेनजी आन्दोलनपछि शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ

नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई मूल्यांकन गरी आवश्यक पहल लिएको बताएको छ। आफूबारे विभिन्न टिका टिप्पणी भएपछि सेनाले शुक्रबार विज्ञप्ति निकाल्दै विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त समेत गरेको छ।