SHARE
पर्दाफास · शुक्रबार​ २४ असो २०८२ ०१:२२ PM · 1 मिनेट पढाइ

अवैतनिक महावाणिज्यदूतले प्रयोग गर्ने सवारी साधनको नीलो नम्बर प्लेट खारेज

सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत (कन्सुलेट जनरल)ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गरेको छ । अवैतनिक कन्सुलेट जनरलसम्बन्धी अन्तरराष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्य दूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम आज यो निर्णय लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।