सशस्त्र प्रहरी प्रवक्ता धौवजी अवकाशमा, सम्मानपूर्वक विदाई
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीको विदाई भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगेका गृहसचिव रामेश्वर दंगालले शुक्रवार विदाई गर्नुका साथै अवकाशपछिको जीवन सुखमय रहोस् भन्ने शुभकामना समेत व्यक्त गरे ।
