SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

दक्षिण कोरियाकाे रासायनिक कारखानामा आगलागी, ७ हजार कामदारलाई बाहिर निकालियाे

एजेन्सी–दक्षिण कोरियाको दक्षिणपूर्वी औद्योगिक सहर उल्सानस्थित रासायनिक कारखानामा बुधबार आगलागी भएपछि नजिकैको पेट्रोकेमिकल उद्योगको निर्माणस्थलबाट करिब ७ हजार कामदारलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको योन्हाप समाचार एजेन्सीले जनाएको छ । सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको कारखानामा स्थानीय समयअनुसार बिहान ९ः४१ बजे आगो लागेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी