१ लाख ३० हजार १२९ यात्रुले लिए दशैँका लागि अग्रिम टिकट
काठमाण्डौ । दशैँ पर्व शुरू भएसँगै काठमाण्डौ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी र पेशा–व्यवसायका लागि सङ्घीय राजधानीमा रहेका मानिसहरू दशैँ मनाउन गाउँ फर्किन थालेपछि उपत्यकाका मुख्य नाकाहरूमा यात्रुको चहलपहल बढेको हो ।
