सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित
काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्।नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा खुलातर्फ खतिवडा र सिवाकोटी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।उनीहरूका प्रतिद्वन्द्वी डिल्लीराम सुवेदी, देवेन्द्र राज कँडेल, राजिव ढुंगाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री रहेका छन्। त्यस्तै अन्य कलस्टरतर्फ विभिन्न पदहरूको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ।
