हिमतालमा पहिरो खस्दा बुढीगण्डकीमा बाढी आएको सरकारी टोलीको निष्कर्ष
काठमाडौं : हिमतालमा पहिरो खसेर गेग्रानसहित बग्दा बुढीगण्डकीमा बाढी आएको सरकारी विज्ञ टोलीले निष्कर्ष निकालेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोलीले गरेको अध्ययनअनुसार, पहिरो एउटा हिमतालबाट अर्को हिमताल हुँदै तल झरेको देखिएको छ। उक्त क्षेत्रमा धेरै साना हिमताल रहेकाले गेग्रानसहितको पहिरो एकपछि अर्को हिमतालमा खस्दा ठूलो मात्रामा गेग्रानसहितको बहाब आएको टोलीको निष्कर्ष छ।
