SHARE
अन्नपूर्ण · सोमबार २६ असो २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

नेपालमै पहिलो पटक भद्रपुरमा अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिता हुँदै

झापा : नेपालमै पहिलो पटक झापाको भद्रपुरमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण ५ ‘एस’ हक्की प्रतियोगिता आयोजना हुने भएको छ। भद्रपुर नगर हक्की संघको आयोजनामा भद्रपुर नगरपालिका–९ स्थित श्री पुहाँतु जनज्योति माविको खेल मैदानमा आगामी कात्तिक १३, १४ र १५ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।  प्रतियोगितामा नेपालका ८, भारतका ३ र बंगलादेशका १ वटा गरी १२ वटा टोलीले सहभागिता जनाउने भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोजकुमार बस्नेतले पत्रकार सम्मेलनमा जानकारी गराए।