SHARE
अन्नपूर्ण · सोमबार २६ असो २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

बाढीले बढार्यो दसैंको उल्लास

धादिङ :  दसैं नजिकिँदै छ। बजारमा चहलपहल बढेको छ। घरघरमा जमरा राख्ने, नयाँ लुगा किन्ने, मीठो–मसिनो खाने र परिवारसँग बसेर चाडपर्व मनाउने तयारी भइरहेको छ।तर, धादिङको गजुरीमा बाढीबाट विस्थापित परिवारका लागि यस वर्षको दसैं उल्लासभन्दा बढी अभाव र अनिश्चितताको समय बनेको छ। उनीहरूसँग न सुरक्षित आवास छ, न नियमित आम्दानी। बाढीले घरमा क्षति पुर्‍याएपछि उनीहरू अस्थायी आश्रयमा बसिरहेका छन्। चाडपर्व नजिकिँदै गर्दा दैनिक आवश्यकता कसरी पूरा गर्ने भन्ने चिन्ताले उनीहरूलाई पिरोलिरहेको छ।