SHARE
अन्नपूर्ण · सोमबार २६ असो २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

पुथा उत्तरगंगामा बन्यो ६ करोडको लागतमा नयाँ प्रशासकीय भवन

रुकुम पूर्व : रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा ६ करोड रुपैयाँभन्दा बढीको लागतमा नयाँ प्रशासकीय भवन निर्माण भएको छ।आइतबार लुम्बिनी प्रदेश मामिला तथा कानुन समितिका सभापति एवं लुम्बिनी प्रदेश सभा सदस्य दिलकुमारी बुढा, गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर र उपाध्यक्ष नरपुरा बुढा पुनले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।भवन उद्घाटनका क्रममा बुढाले स्थानीय तहको विकासका लागि भौतिक पूर्वाधारसँगै प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको बताइन्।