कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार उपसभापति पदमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी बनेका छन्।उपसभापतिको दुई खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा एक समावेशी पदमा उद्योगीसमेत रहेका विनोदकुमार चौधरी निर्वाचित भएका छन्।
