SHARE
प्रदेश खबर · आइबार​ २५ असो २०८३ १०:५६ AM · 1 मिनेट पढाइ

नवरात्रको पहिलो दिन पाथीभरामा भक्तजनको घुँइचो: भरिए फेदीका होटल, सुरक्षा र व्यवस्थापन कडा

ताप्लेजुङ।  बडादशैंको पावन अवसरमा नवरात्र सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा दर्शनार्थी भक्तजनको आगमन ह्वात्तै बढेको छ। घटस्थापनाका दिन आइतबार बिहानैदेखि मन्दिर परिसरमा पूजाआजा तथा दर्शन गर्ने तीर्थयात्रीहरूको ठूलो घुँइचो लागेको छ।