SHARE
अन्नपूर्ण · आइबार​ २५ असो २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

किन आयो बुढीगण्डकीमा आकस्मिक बाढी ?

काठमाडौं : बुढीगण्डकी नदीमा आइतबार आएको आकस्मिक बाढीको कारण अझै खुल्न सकेको छैन। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बाढी आउनुको कारणबारे अध्ययन गरिरहेको छ। प्रारम्भिक जानकारीअनुसार गोरखाको माथिल्लो भेगमा नदी थुनिएर कृत्रिम ताल बनेको हुन सक्ने आशंका गरिएको छ।महाशाखामा कार्यरत जलविज्ञ सरस्वती विष्टका अनुसार गोरखाको हिमाली क्षेत्रमा दुई-तीन दिनअघि नै कृत्रिम ताल बनेको हुन सक्ने देखिएको छ।