बुढीगण्डकीको बाढीले धादिङका ५७ घर बगायो
धादिङ : बुढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ आरुघाटस्थित विशालनगर क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले उक्त क्षेत्रका ५७ घर बगाएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले जानकारी दिए।बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित मोटरेबल पक्की पुलसमेत बगाएको छ। पुल बगाएपछि दुई जिल्लाबीचको आवागमन विच्छेद भएको छ। साथै,गोरखा,धादिङहुँदै काठमाडौं जोड्ने वैकल्पिक सडक सञ्जालसमेत अवरुद्ध भएको छ।
