SHARE
अन्नपूर्ण · आइबार​ २५ असो २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

बुढीगण्डकी बाढी : मुग्लिङसम्म उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकीमा आएको बाढीले मुग्लिङसम्म उच्च जोखिममा रहेको जनाएको छ । महाशाखाले सूचना जारी गर्दै मुग्लिङसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । ‘बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्ने घट्ने क्रम जारी रहेकोले त्रिशुली नदी बेनिघाट सम्म (अति उच्च जोखिम) रहने हुनाले उच्च स्थानमा जानुहोला।