SHARE
अन्नपूर्ण · शनिबार २४ असो २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

हामी नियमित १५औं महाधिवेशनको तयारीमा छौं : कांग्रेस नेता सिंह

काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले आफूहरू नियमित १५औँ महाधिवेशनको तयारी गरिरहेको बताएका छन्। १४औँ महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएको उनको जिकिर छ।सोही आधारमा १५औँ महाधिवेशन आयोजना गर्न लागिएको उल्लेख गर्दै नेता सिंहले शेरबहादुर देउवाले राजीनामा नदिएको अवस्थामा कसैले टुँडिखेलमा बसेर सभापति घोषणा गर्दैमा त्यो मान्य नहुने बताए। साथै, उनले पार्टी पदका आकांक्षी धेरै देखिएको अवस्थामा पार्टीमा विशेष योगदान पुर्‍याएका व्यक्तिहरूलाई चयन गर्न सुझाव दिए।