SHARE
पर्दाफास · बिहीबार २३ असो २०८२ १२:५३ PM · 1 मिनेट पढाइ

सालकको खपटासहित दुई जना पक्राउ

संरक्षित वन्यजन्तु सालकको खपटा तथा छाला बिक्री गर्न हिँडेका दुई जना काठमाडौंको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर चोकबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ बस्ने वर्ष २१ को लिजोङ्ग तामाङ र बेलकोटगढी नगरपालिका–१ का वर्ष ३९ को श्याम ढुंगाना रहेका छन्। विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूले दुवैजनालाई पक्राउ गरेको छ।