गृह मन्त्रालयले फिर्ता बोलायो ओली र प्रचण्डका सुरक्षाकर्मी
गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी लगाएको भन्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ खटाइएको टोलीमा कटौती गरेको छ। मन्त्रालय उच्च स्रोतका अनुसार, ओलीले मापदण्डविपरीत साथमा राखेका २८ सुरक्षाकर्मीलाई बिहीबार फिर्ता बोलाइएको छ भने दाहालका ३४ सुरक्षाकर्मीलाई पनि फिर्ता पठाइएको छ।
