कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औँ आरएनजीसी बर्थडे कप सम्पन्न
काठमाडौं : गोर्खा ब्रुअरीद्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९ औँ आरएनजीसी बर्थडे कप गल्फ प्रतियोगिता काठमाडौंस्थित ऐतिहासिक रोयल नेपाल गल्फ क्लब (आरएनजीसी)मा सम्पन्न भएको छ। असोज २३ र २४ दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहेको थियो।
