SHARE
अन्नपूर्ण · शनिबार २४ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

बाढीग्रस्त नुवाकोटमा छैन दशैंको रौनक

नुवाकोट : ल्हेन्देखोलाबाट रसुवागढी हुँदै त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले नुवाकोटमा धेरैलाई प्रताडित बनाएको छ। डेढ महिनाअघिको त्यस प्रलयकारी बाढीबाट घरबारविहीन भएकाहरू अहिले पनि आफन्त तथा अन्य व्यक्तिका घरमा आश्रय लिएर बसिरहेका छन्।गत भदौ १० गते बिहान आएको प्रलयकारी बाढीले पहाडी संरचना रहेको नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र म्यागङ गाउँपालिकामा क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।