ओली र लेखकविरुद्धको जाहेरी आयोगद्वारा प्रहरीमै फिर्ता
पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फर्किएको छ । जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनीहरूविरुद्धको जाहेरी प्रहरीमै फिर्ता गरिदिएको हो । आयोगको उक्त जाहेरी आफ्नो कार्यक्षेत्रमा नपरेको भन्दै प्रहरीमै फिर्ता गरेको आयोगका प्रवक्ता तथा सदस्य विज्ञानराज शर्माले बताए । बिहीबार आयोगले एक विज्ञप्ति समेत जारी गरेको छ ।
