SHARE
अन्नपूर्ण · शनिबार २४ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

चार वर्षपछि कोशी प्रदेशसभाले पायो आफ्नै सञ्चालन नियमावली

विराटनगर : कोशी प्रदेशसभाले दोस्रो कार्यकाल सुरु भएको चार वर्षपछि आफ्नै कार्यकालमा तयार गरिएको प्रदेशसभा सञ्चालन नियमावली पारित गरेको छ। नवौँ अधिवेशन अन्त्य हुनुअघि शनिबार बसेको प्रदेशसभा बैठकले नियमावली सर्वसम्मतिले पारित गरेको हो। यसअघि प्रदेशसभाको कामकारबाही पहिलो कार्यकालमा बनेको नियमावलीका आधारमा सञ्चालन हुँदै आएको थियो। लामो समयदेखि नयाँ नियमावली निर्माणको प्रयास भए पनि समितिभित्र सहमति जुट्न नसक्दा प्रक्रिया अघि बढ्न सकेको थिएन।