SHARE
अन्नपूर्ण · शनिबार २४ असो २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

गलौंदीमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारी पास गराउन थालियो

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौंदीमा सडक भासिएपछि रोकिएका सवारीसाधनलाई वैकल्पिक मार्गबाट पास गराउन थालिएको छ। गलौंदीमा सडक खुलाउन ब्याक कटिङको काम भइरहेको भएपनि राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउन साँझसम्म समय लाग्ने नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का प्रमुख गुरु प्रसाद अधिकारीले बताए।गलौंदीदेखि घाटबेँसी निस्कने भित्री सडक प्रयोग गरी रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालिएको हो।