दिल्लीमा प्रदर्शनअघि ममता बनर्जीसहितका नेताहरू पक्राउ
नयाँ दिल्ली : पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीसहितका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै 'कक्रोच जनता पार्टी' (सीजेपी) ले जन्तरमन्तरमा आयोजना गर्न खोजेको बिनाअनुमति प्रदर्शन रोक्न प्रशासनले दिल्लीभर ४० हजारभन्दा बढी सुरक्षाकर्मी खटाएपछि स्थिति तनावग्रस्त बनेको छ।
