SHARE
अन्नपूर्ण · शनिबार २४ असो २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना गरिँदै

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना हुँदैछ। निर्वाचन समितिले उपभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएसँगै मतगणना गर्ने तयारी गरेको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा हुँदैछ। सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिहरूको नाम संकलन भइरहेको छ। यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो।