SHARE
अन्नपूर्ण · शनिबार २४ असो २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

नेकपा एमालेद्वारा १३ केन्द्रीय सदस्य मनोनीत

काठमाडौं : नेकपा एमालेले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ।शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकले महिलातर्फ ६ जना, पुरुषतर्फ ६ जना र अन्य पार्टीबाट आएका १ जना गरी कुल १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।