सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा हिँड्न खोज्दै छ : एमाले महासचिव पोखरेल
काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको बताएका छन्।एमाले बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पर्याप्त तथ्य र प्रमाणबिना कसैलाई पक्राउ गर्नु दुःखद भएको बताए।
