SHARE
अन्नपूर्ण · शनिबार २४ असो २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध

वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको मृत्यू भएको छ। मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका–१ घर भई हाल वीरेन्द्रनगर–१०, बुदबुदेमा बस्दै आएका ३७ वर्षीय विवेक थापा रहेका छन्। घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्री दम्पतीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार टाउकोमा गम्भीर चोट लागेका थापालाई प्रारम्भिक उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो।