SHARE
अन्नपूर्ण · शनिबार २४ असो २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

सत्ययुगको देवभूमि दोलखा

नेपाल प्राकृतिक सौन्दर्यको खानीमात्र होइन, हिमवत्खण्डका अनगिन्ती धार्मिक रहस्य र सभ्यताको उद्गमस्थल पनि हो। पछिल्लो समय दोलखा जिल्लामा अवस्थित गौरीशंकर हिमाल र प्राचीन द्वाल्खा (दोलखा) नगरको ऐतिहासिक एवं धार्मिक महŒवबारे व्यापक खोज सुरु भएको छ। विशेषगरी होटल संघ नेपाल, बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेलगायतका पर्यटन अभियन्ताहरूले यस क्षेत्रको ऐतिहासिकतालाई उजागर गर्दै व्यापक प्रचार–प्रसार र पर्यटन प्रवद्र्धनका लागि विशेष पहलकदमी अगाडि बढाएका छन्।