SHARE
अन्नपूर्ण · शनिबार २४ असो २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

दशौँ राष्ट्रिय खेलकुद : कोशीमा ९ हजार बढीबाट ६५६ खेलाडी छानिँदै

विराटनगर : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्।  प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ६५६ खेलाडीले राष्ट्रिय प्रतियोगितामा कोशीको प्रतिनिधित्व गर्नेछन्।