विषाक्त कफ सिरफ प्रकरण : थप तीन बालबालिकाको मृत्यु
नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यमा कफ सिरप सेवनका कारण बालबालिकाको मृत्यु हुने क्रम रोकिएको छैन । विगत २४ घण्टामा राज्यमा थप तीन बालबालिकाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मृत्यु हुने बालबालिकाको उमेर २ देखि अढाई वर्षको रहेको छ । छिन्दवाडामा सत्र, पन्धुर्णामा एक र बैतुलमा दुई बालबालिकाको मृत्यु भएको बताइएको छ । नागपुरमा अझै पनि पाँच बालबालिका जीवन र मृत्युको लागि सङ्घर्ष गरिरहेका छन् । यस दुर्भाग्यपूर्ण घटनामा २० बालबालिकाले ज्यान गुमाएको मध्य प्रदेशका उपमुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री राजेन्द्र शुक्लाले बताएका छन् ।
