SHARE
अन्नपूर्ण · शनिबार २४ असो २०८३ ११:०० AM · 1 मिनेट पढाइ

सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध : गलौंदीमा ‘ब्याक कटिङ’ सुरु

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ गलौंदी नजिकै भासिएको सडकखण्डमा ब्याक कटिङको काम सुरु गरिएको छ। सडक फराकिलो बनाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको हो।आज बिहानबाट सुरु भएको काममा दुईवटा स्काभेटर प्रयोग गरी करिब २० मिटर भित्तो काटिनेछ। कुनै समस्या नआए शनिबार साँझसम्म सडक खुलाउने लक्ष्य रहेको सडक विभागले जनाएको छ।