झापाको दमकमा पारिवारिक झगडा हुँदा काखको शिशुको मृत्यु, चार जना प्रहरीको नियन्त्रणमा
झापा : झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटमा तीन महिनाका शिशुको मृत्यु भएको छ। ससुराले बुहारीमाथि कुटपिट गर्ने क्रममा उनको काखमा रहेका शिशु घाइते भएका थिए।
