कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मीलाई ७ दिनभित्र दरबन्दीमा फिर्ता हुन गृह मन्त्रालयको निर्देशन
काठमाडौं : गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्ति तथा निकायको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कानुन तथा कार्यविधिले तोकेको व्यवस्थाबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल सम्बन्धित कार्यालयमा फिर्ता पठाउन निर्देशन दिइएको हो।
