टिकटक बनाउनेदेखि फेसबुकमा लेख्नेसम्मका प्रहरीमाथि कडाइ, कोशी प्रहरीको यस्तो छ तयारी
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पोसाकमै टिकटक बनाउने, कार्यालयका संवेदनशील स्थानका दृश्य सार्वजनिक गर्ने र सामाजिक सञ्जालमा संगठनको मर्यादाविपरीत अभिव्यक्ति दिने प्रहरी कर्मचारीमाथि निगरानी बढाएको छ ।
