महिलालाई आत्मनिर्भर बनाउन बिर्तामोडमा सीप विकास तालिम
झापा : महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले बिर्तामोडमा सञ्चालन गरिएको तीनमहिने ब्यूटिसियन आधारभूत तालिम सम्पन्न भएको छ। बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समूहले सञ्चालन गरेको तालिममा सहभागी १८ जनालाई प्रमाणपत्र वितरण गरिएको छ।
