SHARE
अन्नपूर्ण · शनिबार २४ असो २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

खनालले गरे पार्टी बैठक ‘बंक’

काठमाडौं : नयाँ अभियान थालेको नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा गएनन्। नेकपाको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको शुक्रबार बसेको छैटौं बैठक बसेको छ।‘राष्ट्रिय जागरण अभियान’ थालेका खनाल बैठकमा नगएपछि पार्टी छोड्नेका त होइन भन्ने चर्चा चलेको छ। बिहीबारमात्रै खनालले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटका थिए। भेटमा खनाल खनालले पार्टी छाड्दिनँ भनेर आफू भनेको प्रचण्डले बताएका छन्।