SHARE
अन्नपूर्ण · शनिबार २४ असो २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

भुइँफुट्टाहरूको देश

अक्सर गरिब हाँस्दैनन्बेच्दैनन् स्वाभिमान                    नाच्दैनन् कठपुतली जस्तो अलिखित इतिहास बोकेर मौनविद्रोह गर्छनहराएको सपना खोज्दै।माटो र पसिनासँग खेल्दै उमार्छन् रगतले सिञ्चित बिरुवाफुलाउँछन् सिर्जनका फूलहरू फलाउँछन् कर्मका फलहरू र बग्छन् मेहनतका नदीहरू मृत्युलाई किनारा लगाउँदै।