SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ १०:०० PM · 1 मिनेट पढाइ

प्रदेश लोक सेवा आयोग कोशीको गम्भीर ध्यानाकर्षण

काठमाडौं : प्रदेश लोक सेवा आयोग कोशीले आफ्नो बारेमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।आयोगले विभिन्न सञ्चार माध्यममा आफू सम्बन्धित प्रकाशित समाचारका विषयस्तुले सरोकारवालामा भ्रम सिर्जना हुन सक्ने भन्दै भ्रममा नपर्न आग्रह गरेको छ।आयोगले आफ्नो कार्यसम्पादन नेपालको संविधान, प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५, प्रदेश लोक सेवा आयोग ऐन, २०७६ तथा प्रदेश लोक सेवा आयोग नियमावली, २०८१ लगायत प्रचलित कानुनी व्यवस्थाका आधारमा गर्दै आएको जनाएको छ।